६ बैशाख २०८१, बिहिबार

फलफूल कसरी र कुन समयमा खाने ?


फलफूल

नवलपुर । चिनी सेवन गर्दा खुशी महसूस हुनु स्वाभाविक प्रक्रिया हो । जब तपाईं चिनी या मिठाई सेवन गर्नुहुन्छ भने गुलियोका कारण तपाइको दिमागमा डोपामाइन हार्मोनलाई गुलियोले ट्रिगर गर्न थाल्दछ । यसले मनमा खुशी पैदा गराउँदछ । डोपामाइन एउटा फिल गुड हार्मोन हो । यो हर्मोन बढ्नाले दिमाग फ्रेस हुन्छ ।

तपाईंले चियामा होस् या मिठाईमा होस् यदि चिनी मिलाएर बनाएको परिकार सेवन गर्दा यस्ले मुड फ्रेस गर्दछ । कतिपयलाई नहुन सक्छ तर अधिकांशलाई यस्तो खुसी महसुस हुन्छ । फलफूल स्वास्थ्यका दृष्टिकोणले बहुउपयोगी मानिएको छ । गुलियो हामीलाई यसबाट पनि प्राप्त हुन सक्छ ।

फलफूलबाट भिटामिन मिनरल प्रसस्त पाइन्छ भने यसमा प्राकृतिक सुगर दिएको हुन्छ । बेलौती, कीवी, नारंगी, मेवा र स्याउ जस्ता मौसमी फलफूल आफ्नो डाइटमा उपयोग गर्नाले स्वास्थ्यमा राम्रो फाइदा गर्दछ । ब्लड शुगर लेवल र कोलेस्ट्रोललाई समेत फाइदा गर्दछ । यस्तामा प्राकृतिक गुलियोले स्वास्थ्यमा राम्रो फाइदा उठाउन सकिनेछ ।

आजको लेखमा फलफूल कसरी खाने र कुन समयमा खाने भन्ने जानकारी सबैलाई हुन आवश्यक छ । खाना साथ फलफूल खाँदा चाँडो नपच्ने हुन सक्छ । बास्तवमा फलफूल सेवन गर्ने समय धेरैको फरक छ । फलफूल हमेसा विहान खानुपर्छ भन्ने आयुर्वेदको मत छ । तर वास्तवमा फलफूल मौसममा अनुसार खाने गरेमा यसको फाइदा धेरै उठाउन सकिनेछ ।

हामीले फलफूलबाट के कसरी फाइदा उठाउन सकिन्छ । कुन समय यसका लागि उपयुक्त भन्ने कुरा यो लेख पढेर फाइदा उठाउन सक्नुहुन्छ । फलफूल खाने समय १० बजेदेखि दिउसो ३ बजेको बीचमा फलफूल सेवन गर्न सके यसले राम्रो फाइदा लिन सकिन्छ । खाना खानेबित्तिकै फलफूल खानुहुँदैन । भरिएको पेटमा फलफूल खाँदा पच्दैन । पेट पोल्ने, अपच, भारी हुने जस्ता समस्या यसबाट आइलाग्न सक्छ ।

फलफूल सेवन गर्दा गराउदा दहीसँग वा नूनसँग फलफूल खाँदा गजब फाइदा हुन्छ । बच्चाहरू प्राय: फल खान किचकिच गर्छन् । त्यसैले बच्चाहरूलाई फलफूलको जुस पिलाउनु उपयुक्त हुन्छ ।

उनीहरूलाई जुस स्वादिलो लाग्छ अनि त्यसमा भएका पौष्टिकतत्त्व पनि उनीहरूले प्राप्त गर्छन् । फलफूल सेवन सेवन गर्दा कुनकुन फलफूल खाली पेटमा खान सकिन्छ भन्ने जानकारी हुन आवशक् छ ।

खाली पेटमा खानु हुने फलफूलहरु

१. तरबूजो (Watermelon)
२. पपीता (Papaya)
३. किवी (Kiwi)
४. ब्लूबेरी (Blueberry)
यी ४ प्रकारका फलफूल खाली पेटमा खाएमा कुनै नोक्सान गर्दैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !