
काठमाडौँ । पुराना कलाकार सानु ताम्राकार थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयूमा भर्ना भएका छन् । गत असार २१ गते घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता सानु स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हुन् ।
छोरा सारुकको निधनपछि विक्षिप्त बनेका सानुलाई हिजो शनिबार उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । चलचित्र कलाकार संघको पूर्व उपाध्यक्ष समेत सानुलाई पहिल्यैदेखि ढाड दुख्ने समस्या भएपनि छोराको निधनको चिन्ताले बिरामी परेको बताइएको छ ।
आत्महत्या गरेका उनका छोरा सारुकको मोबाइलमा सुसाइड नोट भेटिएको छ । प्रहरीले सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाएको थियो । फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट भेटिएको हो ।
सारुकले आफ्नो सुसाइड नोटमा कसैलाई पनि दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन् । सारुकको निधनमा कसैको पनि किटानी जाहेरी परेको नभएपनि सारुकले प्रहरीलाई कसैलाई पनि दुःख नदिन आग्रह गरेसँगै उक्त घटनाको छानबिन अव कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ ।
यो पनि पढ्नुहोस्