१३ बैशाख २०८१, बिहिबार

पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ


पल शाह

काठमाडौँ । जिल्ला अदालत तनहुँले अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई सफाइ दिएको छ । आज मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।

एक नाबालिग गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे । यसैगरी जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।

पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेरेपछि यसअघि नवलपुर जिल्ला अदालतले बलात्कार मुद्दामा शाहलाई सफाइ दिएको थियो भने बाल यौन दुरुपयोगगको मुद्दामा दोषी ठहर गरी २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !