८ पुस २०८१, सोमबार

२ लाख ५० हजार धरौटी बुझाएर छुटे कमेडियन अपूर्व क्षितिज


अपूर्व क्षितिज सिंह

काठमाडौं । स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह धरौटी बुझाएर छुटेका छन् । २ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर कमेडियन अपूर्व छुटेका हुन् ।

आज बिहीबार काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्वलाई सो रकम बुझाएर धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि धरौटी बुझाएर कमेडियन अपूर्व छुटेका हुन् ।

आज बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि सो आदेश दिएको हो । जातीय टिप्पणी गरेको आरोपमा कमेडियन सिंहलाई प्रहरीले पुन: पक्राउ गरेको थियो । कमेडियन अपूर्वलाई असोज ३१ गते सोमबार प्रहरीले पुन: पक्राउ गरेको थियो ।

यसअघि नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको थियो । सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको भन्दै जाहेरी परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !