८ बैशाख २०८१, शनिबार

एसिड छेप्ने भन्दै महिलामाथि प्य्राङ्क गरी अभद्र व्यवहार गर्ने युटुुबर पक्राउ


पूर्णचन्द्र भुसाल

काठमाडौँ । बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने युटुबरलाई प्रहरीले पक्राउ गरेको छ । नकारात्मक सन्देश फैलाउने खालको प्य्राङ्क भिडियो बनाइ युट्युबमा राखेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोटका २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । भुसाललाई नवलपरासी प्रहरीको सहयोगमा सोमबार पक्राउ गरी काठमाडौँ ल्याइएको ब्यूरोले जनाएको छ ।

 पूर्णचन्द्र भुसाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !