१४ बैशाख २०८१, शुक्रबार

भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली काँग्रेसमा प्रवेश


भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश

काठमाडौँ । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली काँग्रेस प्रवेश गरेका छन् । आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् ।

यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । सबैलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

उनीहरुलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि मुख्य भूमिका खेलेको बताइएको छ । यसअघि एमालेमा संलग्न रहेपनि अभिनेता केसी निष्क्रिय जस्तै थिए ।

यसअघि स्थानीय निर्वाचनमा उनलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि उनले अस्वीकार गरेका थिए । यद्यपि उनलाई अहिले कांग्रेसमा कुनै जिम्मेवारी भने दिइएको छैन ।

तर आजै काँग्रेसमा प्रवेश गरेका कलाकार रवीन्द्र खड्काले भने यसअघि पनौती नगरपालिकाको मेयर बन्न चाहेको बताएका थिए । उक्त प्रस्ताव उनले सभापति देउवालाई राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु