११ बैशाख २०८१, मंगलबार

नायिका केकी अधिकारीले भोलि बिहे गर्दै, यी हुन् उनका हुनेवाला श्रीमान्


केकी अधिकारी र रोहित तिवारी

काठमाडौँ । नायिका केकी अधिकारीले भोलि बिहे गर्ने भएकी छन् । नायिका केकीले आज बुधवार गुपचुपमा विवाह गरेको चर्चाले चलचित्र नगरीको गर्मी बढेको थियो । तर उनले आज चाहिँ मेहेन्दी उत्सव गरेको जानकारी प्राप्त भएको छ ।

आखिर को हुन् त उनका हुनेवाला श्रीमान् भन्ने जिज्ञाषा पनि आम नागरिकमा बढेको छ । उनले व्यवसायी रोहित तिवारीसँग सिमित पारिवारिक जमघटमा वीच लगनगाँठो कस्ने भएकी हुन् ।

रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ रहेको थाहा भएको छ । उनी पेशाले इन्जिनियर भएको पनि थाहा भएको छ । उनले नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण भक्तपुरवाट इलेक्टोनिक्स एण्ड कम्युनिकेशनमा बिई गरेको खुल्न आएको छ ।

उनी रोहितसँग १ वर्ष अघिदेखि प्रेम सम्बन्धमा भएको बुझिएको छ । उनीहरुको अफेयरको बारेमा केकी नजिकका सीमित व्यक्तिलाई कलाकारहरूलाई मात्र थाहा भएको खुल्न आएको छ ।

उनले पहिल्यैदेखि गुपचुप रुपमा विवाह गर्ने बताउदै आएकी थिइन् । प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्दै आएकी थिइन् ।

*’भोलि बिहे गर्दै’ हुनुपर्नेमा ‘गुपचुपमा बिहे गरिन्’ भएकोमा सच्चाइएको छ । यसले सम्वन्धितहरु र हाम्रा पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौ । – प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !