६ जेष्ठ २०८१, आइतबार

बलिउड अभिनेता सलमान खानलाई हेर्न २५ हजार रुपैयाँसम्म खर्चिनु पर्ने


काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । जेठ १४ मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि सलमान खान नेपाल आउने लागेका हुन् ।

आयोजक ओडीसी इन्टटेन्मेन्टका अनुसार सलमानलाई हेर्न नेपालीले पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म खर्चिनु पर्ने भएको छ ।

आयोजक अनुसार दशरथ रंगशालामा हुने कार्यक्रमका लागि ब्रोन्ज टिकटका लागि पाँच हजार, सिल्भर टिकटका लागि दश हजार, गोल्ड टिकटका लागि १५ हजार र प्लेटिनम टिकटका लागि २५ हजार रूपैयाँ तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !