१७ असार २०८१, सोमबार

गायिका आनी छोइङ डोल्मालाई कोरोना संक्रमण पुष्टि


आनी छोइङ डोल्मा

काठमाडौं । गायिका आनीछोइङ डोल्मालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको र अहिले होम आइसोलेसनमा रहेको जानकारी दिएकी छिन् ।

यद्यपि उनले आफूलाई मध्यम खालको कोरोनाको लक्षण देखिएको र स्वास्थ्य लाभ गरिरहेको समेत जानकारी दिएकी छन् । फेसबुकमा तातोपानीको बाफ लिँदै गरेको तस्बिर सेयर गर्दै उनले सबैलाई सतर्कता अपनाउन समेत आग्रह गरेकी छन् ।

पछिल्लो समय कलाकारहरुमा कोरोना संक्रमण देखिने क्रम बढिरहेको छ । यसअघि गत मंगलबार मात्र अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनले पनि सामाजिक संजाल फेसबुकमार्फत श्वेताले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी थिइन् ।

यो पनि पढ्नुहोस्

अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !