११ बैशाख २०८१, मंगलबार

चर्चित भारतीय गायक कुमार सानु नेपाल आउँदै


कुमार सानु लाइभ इन कन्सर्ट

काठमाडौं । चर्चित भारतीय गायक कुमार सानु नेपाल आउने भएका छन् । सन् ९० को दशकका लोकप्रिय गायक सानु सांगीतिक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।

आगामी कार्तिक २७ गते जनकपुरधाममा आयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा आफ्नो प्रस्तति दिन उनी नेपाल आउन लागेका हुन् । जनकपुरको होटल राजदरवारमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना लोकप्रिय भारतीय गीत नेपाली दर्शकलाई सुनाउनेछन् ।

गायक सानुले दुई दर्जन बढी नेपाली गीत गएका छन् । उक्त कन्सर्टमा उनले नेपाली गीत पनि गाउने आयोजक संस्था ब्लूबर्डले जानकारी दिएको छ ।

उनले गएका गीतहरु ‘भरे आउँछु सपनीमा, फूल भए जिन्दगी, म त अब रिसाउँछु, साचिरहँ जस्तो लाग्छ, मनको मन्दिर, जनम जनमको, म त आएँ, यसपालीको बसन्तमा’ लगायतका नेपाली गीत निकै लोकप्रिय छन् ।

गायक सानुका साथै नेपाली गायक सुगम पोखरेल, गायिका पूजा ठाकुर, गायक रोशन पराजुलीले पनि प्रस्तुति दिनेछन् । कन्सर्टमा सहभागी हुन प्रतिटिकट मूल्य प्लेटिममको ४५०० र गोल्डको ३००० रुपैयाँ तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !