११ बैशाख २०८१, मंगलबार

पलसँगको गसिपवारे मुख खोल्दै समिक्षाले लेखिन्- हामीवीच कुनै अनैतिक सम्बन्ध छैन्


पल शाह र समिक्षा अधिकारी

काठमाडाैं । नायक पल शाहसँगको सम्वन्धका विषयमा अहिलेकी चर्चित गायिका समिक्षा अधिकारीले पहिलोपटक मुख खोलेकी छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूहरुबीच कुनै अनैतिक सम्वन्ध नरहेको बताएकी हुन् ।

केही समयदेखि सांगीतिक बजारको उनीहरुको गसिप चर्चा-परिचर्चा चल्दै आएको छ । पलले आफूलाई अभिभावकको हिसाबले माया र संरक्षण गरिरहेका उनले स्पष्ट पारेकी छन् ।

समीक्षाले लखेकी छन्, ‘पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा मेरो र पल जिको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मेडियामा आएका छन जसले मेरो चरित्र हत्या भएको छ ।’

उनले थप लेखेकी छन्, ‘एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ । मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु ।’

आफूहरु सँगै काम गरिरहेको तर कुनै प्रकारको अनैतिक सम्वन्धमा नरहेको उनको भनाइ छ । उनले लेखेकी छन्, ‘हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ ।’

पल र समिक्षाको युटुबमा सार्वजनिक हुने म्युजिक भिडियोका साथै टिकटकमा पनि खुबै चर्चा हुन्छ । मायाले भरिएको टिकटकमा समिक्षा र पल दिल खोलैर निकटता देखाउँछन् ।

समिक्षाले स्वर दिएका थुप्रै गीतमा पल शाहले अभिनय गरेका छन् । समिक्षा पनि पलसँग नजिक भएर टिकटक बनाउन उत्साहित हुने गर्छिन् । सामाजिक काममा समेत पललाई समिक्षाले साथ दिदै आएकी छिन् ।

केहि दिन देखि सामाजिक संजालमा यी दुवैको कुरालाई लिएर चर्चा हुन् थालेपछि गायिका अधिकारीले आफ्ना फ्यानहरुलाई पल र आफु बीचको सम्बन्धको बारेमा खुलाएकी छन् । यस विषयमा प्रकाशित समाचारमा आफू दुखी रहेको भन्दै उनले हल्लाको पछि नलाग्न अनुरोध गरेकी छन् ।

यस्तो छ उनको फेसबुक स्टाट्स

नमस्कार
मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पल जि को सम्बन्ध लाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मेडिया मा आएका छन जसले मेरो चरित्र हत्या भएको छ। यसका साथ साथै पल जि को क्यारिअर माथि आच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु। बिना स्रोत अफबाह मा लेखिएका यी समाचार ले हामिलाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ यस कुरा प्रती म र मेरो परिवार खेद प्रकट गर्दछौ ।
एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु। र हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन ।
म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचार हरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला।
सबैलाई धेरै धेरै माया
धन्यबाद।

समिक्षा अधिकारी फेसबुक स्टाट्स


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !