१४ बैशाख २०८१, शुक्रबार

अन्तत: विनयजंग बस्नेतले गरे पूजा विश्वकर्मासँग अन्तर्जातीय विवाह


विनयजंग बस्नेत र पूजा विश्वकर्मा

काठमाडौँ । बेवारिसे लास व्यवस्थापन तथा बेसाहाराको पुनर्जिवन केन्द्र अध्यक्ष तथा अभियन्ता विनयजंग बस्नेतले अन्तत: पूजा विश्वकर्मासँग अन्तर्जातीय विवाह गरेका छन् ।

पशुपति क्षेत्रमा बेवारिसे शव व्यवस्थापन गरेर चर्चामा आएका समाजसेवी बस्नेतले विश्वकर्मासँग आज लगन गाठो कसेका हुन् । आज बुधबार बस्नेतले जातिय भेदभावको अन्त्य गर्नुपर्छ भन्दै अन्तर्जातीय विवाह गरेको उल्लेख गरेका छन् ।

दुवैले सिमित साथीहरुको उपस्थितिमा पशुपति क्षेत्रमा उनीहरुले विवाह गरेका हुन् । बस्नेतले बेवारिसे शव व्यवस्थापनका साथै बेसहाराहरुलाई ‘बा-आमा घर ‘ आश्रम पनि खोलेका छन् ।

पूजा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र बाँके शाखाकी अध्यक्ष पनि थिइन् । उनकै नेतृत्वमा बाँकेमा केन्द्रले बेवारिसेको व्यवस्थापन, उद्धार, उपचार र शव जलाउने काम गर्थ्यो । पूजा यसअघि पत्रकारिता पेशामा आवद्ध थिइन् । रिर्पोटिङको शिलशिलामा पशुपतिमा जाँदा विनयजंगसँग उनको भेट भएर उनीहरु नजिकिएका थिए ।

विगत ९ वर्षदेखि निरन्तर उक्त संस्था संचालन गर्दै आएका बस्नेतले पुजासँग विवाह बन्धनमा बाधिएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । यो उनको दोस्रो विवाह हो । अन्तर्जातीय विवाह गरेका विनय र पुजालाई सामाजिक संजालमा मार्फत शुभकामना र बधाई दिनेको ओइरो लागेको छ ।

सामाजिक संजाल फेसबुकमा लेख्दै बस्नेतले आफ्नो जीवन एक्लो निरस भएकोले अब जीवनमा आफ्नो काम र आफूलाई बुझ्ने मान्छे पाएकोले अब आफ्नो जीवन सहज हुने कुरामा आफू विश्वस्त भएको भन्दै जातिय भेदभावको अन्त्य गर्न उनले आग्रह गरेका छन् ।

यद्यपि बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्की दिएको आरोपमा बस्नेत यसअघि पक्राउ परेर विवादमा पनि आएका थिए । सपनाले बस्नेतसँग सहकार्य गर्दै बेवारिसे शव जलाउँदै आएकी थिइन् ।

यस्तो छ उनले सामाजिक संजालमा लेखेको स्टाट्स

१. सबै प्रती आभारी छु ..
एक्लो जीवन निरस थियो, अब जीवन मा आफ्नो काम र आफुलाइ बुझ्ने मान्छे पाएँ । सायद अब जीवन सहज हुने कुरामा म बिस्वस्त छु। जातिय भेदभाब को अन्त्य गरौं ।

२. एक्लो जीवन अब एक्लो रहेन… मेरो काम र मलाइ बुझ्ने मान्छे पाएं , अब जीवन मा थप नयां उर्जा मिलेको छ । साथ सपोट र हौसला दिने सबै प्रती आभारी छु ।

३. जातिय भेदभावको अन्त्य गरौं । भाषण र नारा अनि चिप्ला चुनावी कुरामा मात्र सिमित नराखौं जातिय विभेद अनि जातिय छुवाछुत आजैबाट बन्द गरौं ।हामीलाई हौसलासहित शुभकामना अनि आशिर्वाद र बधाई निुहुने सबै प्रती हार्दिक आभारी छौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !