१४ बैशाख २०८१, शुक्रबार

ताप्लेजुङका भरतमणि पौडेल सिधै ‘कमेडी च्याम्पियन २’ को फाइनलमा प्रवेश


ताप्लेजुङका भरतमणि पौडेल सिधै ‘कमेडी च्याम्पियन २’ को फाइनलमा प्रवेश

काठमाडौँ । ताप्लेजुङका कमेडियन भरतमणि पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को सिधै फाइनलमा प्रवेश गरेका छन् । आज शनिबार राती उनले गरेको प्रस्तुतिसंगै जजहरुको निर्णयले ‘परफोमर अफ द राउण्ड’ भएसंगै उनी सिधै फाइनलमा प्रवेश गरेका हुन् ।

पौडेल सिधै फाइनलमा प्रवेश गरे भने अन्य ३ जना बिक्की अग्रवाल, सन्तोष थापा, हिक्मत महरामध्ये २ जना भने भोटिङवाट फाइनालिस्ट छानिनेछन् ।उत्कृष्ट प्रस्तुतिको आधारमा उनी सिधै अन्तिम ३ मा पुगेका हुन् । उत्कृष्ट ४ वाट उनी बिना भोटिङ सिधै फाइनलमा प्रवेश गरेका हुन् ।

आज उनले पूर्व युवराज पारस शाहको गेटअपमा गरेको प्रस्तुतिको भिडियो सामाजिक संजाल टिकटकमा भाइरल भएको छ भने युट्युबको ट्रेनिङमा पर्न सफल भएको छ ।

आज शनिबार राती ९ बजेपछि कान्तिपुर टेलिभिजनमा प्रसारण भएको ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनी पूर्व युवराज शाहको गेट अपमा देखिएका थिए । यसअघि बिहीबार मात्र उक्त शो को नयाँ ट्रेलर सार्वजनिक गरिएको थियो ।

ट्रेलर सार्वजनिक भएपछि भरतमणिको यो लुक्सले चारैतिर चर्चा पाइरहेको छ । ताप्लेजुङका भरतमणि रेडियोमा कार्यक्रम चलाउँदा कलाकार र नेताहरुको क्यारिकेचर गर्दागर्दै हास्यव्यंग्य क्षेत्रमा प्रवेश गरेका हुन् ।

कमेडी च्याम्पियन सिजन–२ मा पूर्वमन्त्री गोकुल बाँस्कोटादेखि राष्ट्रिय सभा सांसद रामनारायण बिडारी मात्र होइन, पूर्वयुवराज पारस र पूर्वराजा ज्ञानेन्द्र शाहसम्मको क्यारिकेचर गरेर दर्शकको मन जितेका छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिंदै पौडेलले दर्शक तथा निर्णायक मन जित्न सफल उनलाई उपाधिका दावेदारको रुपमा समेत मानिन्छन् ।

यो पनि पढ्नुहोस्

कमेडियन भरतमणिको पूर्व युवराज पारस शाहको गेटअपको भिडियो भाइरल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !