१४ बैशाख २०८१, शुक्रबार

हरिहर अधिकारीलाई नीता ढुंगानाको प्रश्न : तपाईको फेसबुकमा मेरो फोटो किन ?


निता ढुंगाना र हरिहर अधिकारी

काठमाडौंँ । नेपाली चलचित्रकी नायिका नीता ढुंगाना र युवा ज्योतिष हरिहर अधिकारीबीच प्रेम सम्बन्ध रहेको समाचारहरु बाहिरिएका छन् । नायिका ढुंगाना र नायक अधिकारीवीच केहि समय अगाडीदेखि प्रेममा रहेको विभिन्न संचार माध्ययममा आएको छ ।

तर उनीहरु दुबैजनाले भने स्वीकारेका छैनन् । एक मिडियामा कुरा गर्दै नायिका ढुंगानाले भने पछिको समयमा हाम्रो बिहे पनि हुन सक्ने बताएकी छिन् । पछिको कुरालाई अहिले नै हुन्छ हुँदैन भन्न नसक्ने भन्दै हुन सक्ने बताएकी हुन् ।

फागु पुर्णिमाको दिनमा मिडियासँग कुरा गर्दै नीताले ज्योतिष हरिहरलाई आफ्नो फोटो फेसबुकमा किन लगाएको भन्दै प्रश्न गरेका छन्। सँगै होली मनाएका यी जोडीले मिडियासँग कुरा गर्दै रमाइलो गरेका थिए। जवाफमा अधिकारीले आफुले फेसबुकमा फोटो लगाउँदा क्याप्सन लेख्ने नगरेको बताए। रमाइलो गर्दै नीता र अधिकारीको बारेमा बैसाखमा केहि राम्रो समाचार आउने समेत बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !