६ बैशाख २०८१, बिहिबार

दोस्रो विवाहको तयारीमा वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल


मनोज गजुरेल

२२ मंसिर काठमाडौं । वरिष्ठ हाँस्य व्यंग्य कलाकार मनोज गजुरेलले आफू दोस्रो विवाहको तयारीमा रहेको खुलासा गरेका छन् । एपीवान एचडी टेलिभिजनमा आज सोमबार राती ९ बजे प्रशारण हुने कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’ले सार्वजनिक गरिएको प्रोमोमा प्रस्तोता टीकाराम यात्रीसँग कुराकानी गर्दै उनले आफूले दोस्रो विवाह गर्न लागेको खुलासा गरेका हुन् ।

उक्त कुराकानीमा उनले आफू छिट्टै नै विवाह बन्धनमा बाँधिन लागेको स्वीकार गर्दै बाँकी कुरा समय आएपछि सार्वजनिक गर्ने बताएका छन् । यसले उनका प्रशंसक र शुभचिन्तकहरुमा खुशी छाएको छ । करिब ३ वर्षदेखि ‘सिंगल लाइफ’ बाँच्दै आएका उनले नयाँ जीवनसाथी भेटेका छन् ।

उनले आफू प्रेम सम्वन्धमा रहेको संकेत गरेका छन् । आफ्नो भावी जीवनसाथीको बारेमा भने उनले निकै कमलाई बताएका छन् । तथापि विवाहको तिथि मिति भने निश्चित भई सकेको छैन ।

यो गजुरेलको दोश्रो विवाह हुनेछ । उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो । प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा उनीहरूबीच पारपारचुके भएको थियो । उनीहरूका एक छोरा र छोरी रहेका छन् । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए ।

यो पनि पढ्नुहोस्

मनोज गजुरेल कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज

बरिष्ट चर्चित हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !