१२ बैशाख २०८१, बुधबार

मनोज गजुरेल कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज


मनोज गजुरेल

काठमाडौँ । बरिष्ट हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । सामाजिक संजाल फेसबुकमार्फत उनले आफू कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

गजुरेललाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । गजुरेल ११ दिनपछि अस्पतालबाट घर फर्किएका हुन् ।

उनले आफ्नो फेसबुक पेजमा आज आइतबार बिहानै लेखेका छन्, ‘११ दिनको अस्पताल बसाईपश्चात् घर फर्किएर आराम गरिरहेको छ । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु ।’

उनले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले महामारीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

बरिष्ट चर्चित हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !