११ पुस २०८१, बिहीबार

उद्योगमा काटिएको बिजुली जोड्ने प्राधिकरणको निर्णय


नेपाल विद्युत् प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको बिजुली लाइन जोड्ने निर्णय गरेको छ । आज मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको हो ।

आज ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसहित बसेको सञ्चालक समितिको बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो ।

गत आइतबार मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !