१२ बैशाख २०८१, बुधबार

उपप्रधानमन्त्री लिङ्देनसंग एनआरएनएको प्रतिनिधिमण्डलद्वारा भेट


राजेन्द्र लिङ्देन

काठमाडौँ । उपप्रधानमन्त्री एवं उर्जा, जलश्रोत र सिंचाइमन्त्री राजेन्द्र लिङ्देनसंग एनआरएनए र स्वतन्त्र विद्युत उत्पादक संघको छुट्टाछुट्टै प्रतिनिधिमण्डलले आज भेट गरेका छन् ।

राजेन्द्र लिङ्देन

भेटको अवसरमा दुवै प्रतिनिधिमण्डलले नवनियुक्त उपप्रधानमन्त्री लिङ्देनलाई बधाई एवं शुभकामना दिदै उर्जा क्षेत्रका चुनौती, विकास र सम्भावनाका विविध विषयमा छलफल गरेको छ ।

सो अवसरमा उपप्रधानमन्त्री लिङ्देनले लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न र आयोजनाहरु समयमै सम्पन्न गरी देशलाई उर्जामा आत्मनिर्भर बनाउने लक्ष्यमा योगदान दिन आग्रह गरे ।

राजेन्द्र लिङ्देन

लिङ्देनले उर्जा क्षेत्रको समग्र विकासका लागि आइपर्ने जस्तोसुकै चुनौती सामना गर्न आफूले अभिभावकीय भूमिकामा रहेर सकारात्मक वातावरण तयार गरिदिने र अन्तर मन्त्रालय समन्वय सहज बनाउन पहल गर्ने विषयमा पनि जलविद्युत उद्यमीहरुलाई आश्वस्त तुल्याउनुभयो । त्यस अवसरमा उर्जा, जलश्रोत र सिंचाइ राज्यमन्त्री दिपकबहादुर सिंहको पनि उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !