१३ जेष्ठ २०८१, आइतबार

हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि आयोजना हुँदै


हिमालयन हाइड्रो एक्स्पो

काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा सहयोग पुर्याउने उद्देश्यका साथ आगामी शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणको आयोजना हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इपान) को आयोजनामा हुने एक्स्पो तीन दिनसम्म चल्नेछ । एक्स्पोबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिए ।

एक्स्पोको पूर्वसन्ध्यामा शनिबार बिहान विद्युतीय सवारी साधनको र्याली आयोजना गरिनेछ । भृकुटीमण्डपबाट सुरु हुने र्याली नेपालकै पहिलो जलविद्युत् आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमै आएर समापन हुनेछ । फर्पिङ जलविद्युत् आयोजनामा पर्यटनमन्त्री प्रेम आलेले सहभागीलाई स्वागत गर्ने कार्यक्रम छ ।

कूल ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको उक्त एक्स्पोमा नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यातको वातावरण बनाउने तथा जलविद्युत् क्षेत्रले विकास गरेका संसारभरका नयाँ प्रविधिबारे सम्वद्र्धपक्षलाई ज्ञान तथा सूचना सम्प्रेषण गर्ने अवसर हुने आचार्यको भनाइ छ ।

“एक्स्पो अवधिभर प्रत्येक दिन जलविद्युत् आयोजनासम्बन्धी विषयगत ६ भन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तक्र्रिया तय गरेका छौँ”, आचार्यले भने । एक्स्पोमा जलविद्युत् आयोजानका प्रवद्र्धक, सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकर वित्त कम्पनीले सयभन्दा बढी स्टल बुकिङ गरेका छन् ।

प्रर्दशनीमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत देशका कम्पनी तथा सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ । यस्तै, एक्स्पोमा जलविद्युत प्रवद्र्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैंक, बिमा, जलविद्युत्मा नयाँ प्रविधि तथा निर्माण सामग्रीका सप्लायर्ससँग सम्बन्धित १०० भन्दा बढी कक्ष राखिने इपानले जनाएको छ ।

एक्स्पोको मुख्य उद्देश्य नेपालमा उत्पादित जलविद्युत्को बजारीकरण गर्नु रहेको उहाँले औँल्याए । अध्यक्ष आचार्यले नेपालमा हाइड्रोपावरको इतिहास एक शताब्दीको भए पनि २०४८ सालपछि निजी क्षेत्रको प्रवेशका कारण सो क्षेत्रले फड्को मारेको बताए । उनले १० वर्षमा १५ हजार मेगावाट जलविद्युत् उत्पादनको सरकारी घोषणा कार्यान्वयनको सम्भावना देखिएको भन्दै निजी क्षेत्र त्यसबाट उत्साहित भएको उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु