११ मंसिर २०८१, मंगलबार

नेपाली जनताले उज्यालोका विद्युत खपत बढाउनुपर्छ : मन्त्री भुसाल


पम्फा भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी विद्युत खपत बढाउनुपर्ने बताएकी छन् ।

मन्त्री भुसालले आज सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा बनेको सर्लाही लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी सबस्टेसनको उद्घाटन गरेकी हुन् ।

तराई तथा मधेस क्षेत्रमा सिञ्चाइमा विद्युत खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिञ्चाइको विद्युत महसुल घटाएको मन्त्री भुसालले बताइन् । मन्त्री भुसालले सिञ्चाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरणहरु विस्थापित गर्न आग्रह गरिन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !