११ बैशाख २०८१, मंगलबार

स्याङ्जा-२ बाट कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित


धनराज गुरुङ

स्याङ्जा । स्याङ्जाको क्षेत्र नं २ बाट नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । काँग्रेसका गुरुङले नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई ५ हजार ६२७ फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

काँग्रेसका गुरुङले ३१ हजार ४६६ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी पूर्वमन्त्री समेत रहेकी एमालेकी अर्यालले २५ हजार ८३९ मत प्राप्त गरिन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत ल्याए ।

उक्त निर्वाचन क्षेत्रबाट २०७४ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठलाई लगभग ३ हजार ६ सय मतान्तरले पराजित गर्दै बाम गठबन्धनबाट उम्मेदवार भएकी एमालेकी अर्याल नै निर्वाचित भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !