२२ भाद्र २०८१, शनिबार

सिन्धुपाल्चोक-२ बाट कांग्रेसका मोहनबहादुर बस्नेत विजयी


मोहनबहादुर बस्नेत

काठमाडौं । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार सत्ता गठबन्धनका उम्मेदवार रहेका काँग्रेसका बस्नेत ११ हजार ८७४ मतान्तरले विजयी भएका हुन् ।

बस्नेतले ३९ हजार ३६७ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका २ हजार ८१९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ४५२ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !