८ बैशाख २०८१, शनिबार

खोटाङमा विशाल भट्टराईलाई हराउँदै रामकुमार राई विजयी


रामकुमार राई पासाङ

खोटाङ । खोटाङबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामकुमार राई ‘पासाङ’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । खोटाङमा नेकपा एमालेका विशाल भट्टराईलाई हराउँदै सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादीका रामकुमार विजयी भएका हुन् ।

राईले एमालेका भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । माओवादी राईले ३१ हजार ३५१ मत ल्याएर विजयी भए भने एमालेका भट्टराईले २८ हजार ६८२ मत ल्याए । यस्तै जनता समाजवादी पार्टीका कृष्णकुमार राईले १ हजार ९१४ र राप्रपाका सर्जु श्रेष्ठले १ हजार ७६१ मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !