८ बैशाख २०८१, शनिबार

ललितपुर-३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल हारिन्


डा. तोसिमा कार्की

काठमाडौं । ललितपुर क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्की आफ्ना प्रतिस्पर्धी भन्दा भारी मतान्तरले विजयी भएकी हुन् ।

आज बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत ल्याएर विजयी भएकी हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मतमा मात्र पाए ।

यस्तै ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाएर तेस्रो स्थानमा सीमित रहिन् । यसअघि २०७४ सालको निर्वाचनमा भुसालले उक्त क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !