७ बैशाख २०८१, शुक्रबार

ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी


योगेश भट्टराई फाइल फोटो

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका योगेश भट्टराई विजयी भएका छन् । ताप्लेजुङमा एमालेका भट्टराई २०८ मत बढी ल्याएर विजयी भएका हुन् ।

एमालेका भट्टराईले २१ हजार ९४३ मत ल्याएर विजयी भएका हुन् भने गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेका छन् । २०७४ को चुनावमा वाम गठबन्धनबाट भट्टराईलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका बुढाक्षेत्री यसपटक भने तिनै भट्टराईसंग पराजित भएका छन् ।

एमालेका भट्टराईले सुरुवाती अग्रता लिएपनि त्यसपछि माओवादी केन्द्रका बुडाक्षेत्रीले लगातार अग्रता कायम राखेका थिए । अन्तिममा आएर माओवादी बुडाक्षेत्री पछि परे भने एमालेका भट्टराईले अग्रता लिएर झिनो मतान्तरले विजयी भएका हुन् ।

एमालेका भट्टराई लगातार दोस्रो पटक ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएर संघीय संसद प्रवेश गर्ने बाटो खोलेका छन् । २०५१ सालमा अखिलको केन्द्रिय अध्यक्ष भएका भट्टराई २०६४ र २०७० को निर्वाचनमा भने काठमाडौं क्षेत्र नं ६ मा पराजित भएर उनी दुवै ऐतिहासिक संविधानसभामा प्रवेश गर्न सकेका थिएनन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालको सरकारमा भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए । यद्यपि मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !