८ बैशाख २०८१, शनिबार

सप्तरी-२ मा सीके राउत विजयी, हारे उपेन्द्र यादव


सीके राउत

सप्तरी । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको विजयी भएका छन् । राउत जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित भएका हुन् भने यादवले १६ हजार ९७९ मत मात्र प्राप्त गरेका छन् । राउतले यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका छन् ।

एमालेको साथ दिएपनि मधेसका जनताले यादवलाई नपत्याएर पराजित गरी उनको घमण्ड चुर गरेका छन् । मधेसका जनताले नयाँ जनमत पार्टीलाई विश्वास गरेर राउतलाई जिताएर पठाएका छन् । मधेस प्रदेशमा जनमत पार्टीको लहर देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !