८ बैशाख २०८१, शनिबार

काठमाडौँ-६ मा सर्वेन्द्रलाई हराउँदै रास्वपाका शिशिर खनाल विजयी


शिशिर खनाल

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । थापाले प्रतिद्वन्द्वी उम्मेदवार नेकपा एमालेका सर्वेन्द्र खनाललाई फराकिलो मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

शिशिरले १४ हजार २०४ मत ल्याई विजयी भएका हुन् भने सर्वेन्द्रले ८ हजार ९११ मत प्राप्त गरेका छन् । थापाले एमालेका खनाललाई ५ हजार २९३ मतान्तरले पराजित गरेका हुन् ।

यद्यपि नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मत ल्याएर तेस्रो स्थानमा सीमित रहे । उक्त क्षेत्रबाट २०७४ सालको निर्वाचनमा प्रधान विजयी भएका थिए ।

निर्वाचित खनाल टिच फर नेपालका संस्थापक हुन भने यस्तै सर्वेन्द्र खनाल पूर्वप्रहरी महानिरीक्षक र प्रधान पूर्वरक्षामन्त्री हुन् ।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।

काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको क्षेत्रमा ३२ स्थानका ७५ मतदान केन्द्रमा मतदान भएको थियो । ६२ हजार एक सय दुई मतदाता रहेको यस निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३८ हजार नौ सय १० मत खसेको थियो । यस्तै, एक हजार पाँच सय ३२ मत बदर भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !