७ बैशाख २०८१, शुक्रबार

झापा-१ बाट अग्निलाई हराउँदै तेश्रो प्रयासमा विश्वप्रकाश विजयी


विश्वप्रकाश शर्मा फाइल फोटो

काठमाडौं । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा तेश्रो प्रयासमा विजयी भएका छन् । शर्माले उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का अग्नि खरेललाई फराकिलो मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

काँग्रेसका शर्मा ३९ हजार ६२४ मत ल्याई विजयी भएका हुन् भने एमालेका खरेलले २५ हजार ३४९ मत प्राप्त गरेका छन् । शर्माले खरेललाई १४ हजार २७५ फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

झापा-१ बाट विजयी भएका शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन् भने पराजित खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन् ।

शर्मा दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोगेका शर्मा तेस्रोपटकको प्रयासमा विजयी भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !