१४ बैशाख २०८१, शुक्रबार

नवराज सिलवाललाई हराउँदै ललितपुर–१ बाट उदयशमशेर राणा निर्वाचित


उदयशमशेर राणा

काठमाडौं । ललितपुर क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै राणा निर्वाचित भएका हुन् ।

तरुण दलका सभापति भइसकेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका राणा दोस्रोपटक ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा (एमाले) का मधुसूदन पौडेललाई पराजित गर्दै निर्वाचित भएका थिए ।

तर २०७४ सालमा भएको संघीय संसदको निर्वाचनमा उनी एमालेका नवराज सिलवालसंग पराजित भएका थिए । बिगतमा उनी अर्थ राज्यमन्त्रीमा समेत भएका थिए । यद्यपि उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !