८ बैशाख २०८१, शनिबार

रसुवाबाट कांग्रेसका मोहन आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित


मोहन आचार्य

रसुवा । हिमाली जिल्ला रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । काँग्रेसका आचार्यले नेकपा (एमाले) का उम्मेदवार छेवाङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार आचार्यले ९ हजार ६२१ फराकिलो मतान्तरले एमालेका तामाङलाई पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत प्राप्त गरेका हुन् भने तामाङले ८ हजार ६१४ मत मात्र ल्याएका छन् ।

२०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्य दोस्रो पटक विजय भएका हुन् । कांग्रेसका केन्द्रीय सदस्य आचार्यले रसुवाली जनताको जीवनस्तरमा सुधार ल्याउनु आफ्नो मूल उद्देश्य रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !