१२ असार २०८१, बुधबार

काठमाडौँ क्षेत्र नं २ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमको अग्रता कायमै


सोबिता गौतम, मणिराम फुयाल, ओनसरी घर्ती र कुन्ति पोखरेल

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छन् । गौतमले ९ हजार ६३७ मत प्राप्त गरेर अग्रता कायमै राख्दै पहिलो स्थानमा रहेकी छन् ।

यस्तै नेकपा एमालेका मणिराम फुयालले ७ हजार ३८७ मत ल्याएर दोस्रो स्थानमा रहेका हुन् । एमालेका फुयाललाई पछ्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तादेवी पोखरेल ६ हजार ७६९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेकी छन् ।

गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) का ओनसरी घर्तीले ६ हजार १९३ मत प्राप्त गरेर चौथो स्थानमा रहेकी छन् । राप्रपाकी पोखरेलले माओवादीकी घर्तीलाई पछि पार्दै अग्रता कायम राखेकी छन् ।

काठमाडौँ क्षेत्र नं २ मा ८१ हजार ९७० मतदाता रहेकोमा ३३ हजार ६६९ मत गणना गर्दा १ हजार ३७१ मत बदर भएर ३२ हजार २९८ मत सदर भएको काठमाडौं निर्वाचन क्षेत्र नं.२ का सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले नेपालपत्रलाई जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !