१४ बैशाख २०८१, शुक्रबार

कालीकोटमा कर्णालीका पूर्वमुख्यमन्त्री शाहीको अग्रता


महेन्द्र बहादुर शाही तस्वीर : कमल शाही

कालीकोट । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा आजदेखि मतगणना सुरु गरिएको हो । जिल्लाको शुभकालिका गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो ।

शुभकालिका गाउँपालिका वडा नं १ र २ मा प्रतिनिधिसभाको सात सय ३९ मत गणना हुँदा गठबन्धनका उम्मेदवार महेन्द्रबहादुर शाहीले पाँच सय ७५, नेकपा (एमाले) का नगेन्द्र शाहीले तीन सय २६, राप्रपाका धनबहादुर बुढाले ३१, नेमकिपाका खड्गराज शाहीले २२ र स्वतन्त्र (पुतली)का काशीचन्द्र बरालले २१ मत प्राप्त गनुभएको छ भने ३८ मत बदर भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !