८ बैशाख २०८१, शनिबार

ताप्लेजुङमा खेलप्रसादले योगेशलाई पछि पार्दै लिए अग्रता


खेलप्रसाद बुडाक्षेत्री र योगेश भट्टराई

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले नेकपा एमालेका योगेश भट्टराईलाई पछि पारेका छन् ।

सुरुआती अग्रता लिएका एमालेका भट्टराईलाई थप मतगणना गर्दै जाँदा माओवादीका बुडाक्षेत्रीले पछि पारेका हुन् । जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार बुडाक्षेत्रीले १९४ मतान्तरले एमालेका भट्टराईलाई पछि पारेका हुन् ।

बुडाक्षेत्रीले ७५६ मत ल्याएका छन् भने एमालेका भट्टराईले ५६२ मत प्राप्त गरेका छन् । १४५३ मत गणना हुँदा जसपा नेपालका चन्द्र मादेनले ३३ मत, संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका होम प्रसाद तुम्बाहाम्फेले १६ मत, स्वतन्त्र सन्जु कुमार पालुङ्गाले ९ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्र कुमार लिम्बुले ८ मत, मंगोल नेशनल अर्गनाइजेसनका बिक्रम लिम्बुले ७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर कार्कीले ५ मत र लोसपा नेपालका चैतन्य प्रकाश केदेमले ३ मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !