१४ बैशाख २०८१, शुक्रबार

नवलपरासी पूर्व क्षेत्र नं २ मा कांग्रेसको अग्रता कायमै


तिलबहादुर महत क्षेत्री र विष्णुकुमार कार्की

मध्यविन्दु । नवलपरासी पूर्वको निर्वाचन क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आज साँझ साढे ६ बजेसम्म सार्वजनिक भएको मतगणनाको परिणामअनुसार त्यहाँ प्रतिनिधिसभामा नेपाली काँग्रेसका विष्णुकुमार कार्कीको एक हजार आठ सय नौ, एमालेका तिलबहादुर महतले एक हजार पाँच सय ५१ मत पाएका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले दुई सय ९१ मत पाएका छन् । राप्रपाका विष्णुप्रसाद शर्माले ४० मत ल्याएका छन् । हुप्सेकोट गाउँपालिका– ३ र ६ को मत गणना सकिएको छ ।

प्रदेश (क) मा एमालेको अग्रता

क्षेत्र २ प्रदेश १ मा एमालेकी पद्मा जिसी श्रेष्ठ दुई हजार चार सय ९७, नेकपा माओवादी केन्द्र सौगमकुमार श्रीपाली एक हजार ६ सय ९६ मत पाएका छन् ।

प्रदेशमा (ख) मा राप्रपाको अग्रता

त्यसैगरी प्रदेश (ख) मा राप्रपाका भोजबहादुर थापाले नौ सय २८, एमालेका लक्ष्मण पाण्डेले सात सय ३४, नेकपा समाजवादीका डा गोपाल खनालले तीन सय ७३ मत ल्याएका छन् । त्यहाँ ८५ हजार तीन सय ९९ मत खसेको हो ।

पूर्वी नवलपरासी क्षेत्र नं १ को मतगणना अहिले ७ बजेदेखि सुरु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !