६ बैशाख २०८१, बिहिबार

दाङ क्षेत्र न १ र २ : गठबन्धनका चौधरी र शर्माको अग्रता


मेटमणि चौधरी र रेखा शर्मा

देउखुरी । दाङ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत तीन सय मत गन्दा गठबन्धनका उम्मेदवार मेटमणि चौधरीले एक सय २५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीले ६९ मत प्राप्त गरेका छन् । स्वतन्त्र पार्टीका देवराज पाठकले ५४ मत प्राप्त गरेको प्रदेश १ निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा दाङ क्षेत्र नं २ को दिउँसो ४ बजेसम्मको दुई हजार सात सय ८० मतगणना गर्दा सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेत्री रेखा शर्माले एक हजार चार सय ५० मतसहित अग्रता लिएकी छन् ।

उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार एवं महासचिव शङ्कर पोखरेलले आठ सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले दुई सय ८१ मत प्राप्त गरेका छन् । अहिले घोराही उपमहानगरपालिका–१५ र १९ तथा बङ्गलाचुली गाउँपालिका–२, ५ र ८ बाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !