६ बैशाख २०८१, बिहिबार

देशभरका ७५ मतदान केन्द्रमा विवाद, प्रहरीद्वारा १०२ राउण्ड हवाइ फायर


गोली चल्यो

काठमाडौं । देशभरका ७५ मतदान केन्द्रमा झडप भएको छ भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १०२ राउण्ड हवाइ फायर गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार जारी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा आज आइतबार देशभरका ७५ मतदान केन्द्रमा ३५ राउण्ड हवाई फायर भएको हो ।

निर्वाचनको क्रममा चुनाव बिथोल्न खोज्ने प्रयास भएपछि प्रहरीले १०२ राउण्ड हवाइ फायर गरेको हो । नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईका अनुसार मतदान रोकिएकामध्ये ६० भन्दा बढी स्थानमा पुन: मतदान सुरु भइसकेको छ भने बाँकी १४ ठाउँहरूमा पुन: मतदान हुन नसकेको उनले बताए ।

यसअघि निर्वाचन आयोगले अपरान्ह ३ः३० बजेसम्म १५ केन्द्रमा मतदान रोकिएको जनाएको थियो । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ ।

रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, डोटी, हुम्ला, दार्चुला, बझाङ, ताप्लेजुङ र स्याङ्जामा गोली चलेको प्रवक्ता राईले जानकारी दिए । थप प्रहरी परिचालन गरेर मतदान विवादको समस्या समाधान गर्ने प्रयास जारी रहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

अपरान्ह ३ः३० बजेसम्म १५ केन्द्रमा मतदान रोकियो : निर्वाचन आयोग

देशभरका ४४ मतदान केन्द्रमा झडप, प्रहरीद्वारा ३५ राउण्ड हवाइ फायर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !