देशभरका ४४ मतदान केन्द्रमा झडप, प्रहरीद्वारा ३५ राउण्ड हवाइ फायर Nepalpatra देशभरका ४४ मतदान केन्द्रमा झडप, प्रहरीद्वारा ३५ राउण्ड हवाइ फायर
१३ मंसिर २०७९, मंगलबार

देशभरका ४४ मतदान केन्द्रमा झडप, प्रहरीद्वारा ३५ राउण्ड हवाइ फायर


गोली चल्यो

काठमाडौँ । देशभरका ४४ मतदान केन्द्रमा झडप भएको छ भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ३५ राउण्ड हवाइ फायर गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार जारी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा आज आइतबार देशभर २५ जिल्लाका ४४ मतदान केन्द्रमा ३५ राउण्ड हवाई फायर भएको हो ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईका अनुसार मतदान रोकिएकामध्ये ३२ वटामा पुन: मतदान सुरु भइसकेको छ भने बाँकी ठाउँहरूमा मतदान कार्य नरोक्न छलफल जारी रहेको छ ।

डीआइजी राईले विवाद र झडप हुँदा स्थिति नियन्त्रण गर्न प्रहरीले १५ ठाउँमा गोली चलाएको जानकारी दिए । प्रहरीका अनुसार रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, हुम्ला लगायत जिल्लाहरुमा हवाई फायर भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउण्ड हवाई फायर भएको छ । सिरहाको मिर्चैया बडहरामालमा ३ राउण्ड, चितवनमा एक राउण्ड, दोलखाको गुम्बेश्वरमा एक राउण्ड र हुम्लामा १८ राउण्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।

यसैगरी हुम्लाको देवकोटा आवि कुनापानीमा १७ राउण्ड र मान्धारा मावि भकुण्डामा १ राउण्ड हवाई फायर भएको छ । साथै बाजुरामा ५ राउण्ड र डोटीमा ४ राउण्ड हवाई फायर भएको प्रहरी प्रधान कार्यालयले बताएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !