६ बैशाख २०८१, बिहिबार

रौतहट जिल्लाको दुई स्थानमा गोली चल्यो


Fire

रौतहट । रौतहट जिल्लाको दुई स्थानमा गोली चलेको छ । रौतहट जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको हो ।

रौतहटको गुजारा नगरपालिका–४ को मतदान केन्द्रमा गोली चलेको हो । गुजाराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड चलेको हो ।

उक्त मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा (एमाले) नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको बुझिएको छ ।

यस्तै गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मतदान गर्ने क्रममा विवाद हुँदा गोली चलेको प्रहरीले जनाएको छ ।

सीमावर्ती क्षेत्र र तराईका विभिन्न जिल्लाहरूमा अति संवेदनशील क्षेत्रमा राखेर निर्वाचन आयोगले विशेष सुरक्षा खटाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !