६ जेष्ठ २०८१, आइतबार

विद्यार्थीलाई झोला र पोशाक वितरण


Students

६ पुस, तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ ले वडा क्षेत्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई झोला र स्वीटर वितरण गरेको छ ।

कार्यालयले सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब, दलित समुदायका विद्यार्थीलाई शिक्षाको पहुँचमा पुर्याउन पोशाक र झोला सहयोग गरिएको वडाध्यक्ष होमबहादुर खड्काले बताउनुभयो ।

वडा समितिले चालू आर्थिक वर्षको बजेटबाट हरिहर आधारभूत विद्यालयका ७० जना, मुनारत्न आधारभूत विद्यालयका २४ जना र सिंहवाहिनी आधारभूत विद्यालयका २६ जना गरी कूल १२० जना विद्यार्थीलाई एक÷एक थान स्वीटर र झोला वितरण गरेको हो ।

वडाले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका बीच विद्यार्थीलाई झोला र स्वीटर वितरण गरेको वडासचिव मानबहादुर सुनारले बताउनुभयो । सो अवसरमा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई रु दुई हजार ५०० का दरले स्वास्थ्य उपचार सहायता रकमसमेत उपलब्ध गराइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !