१३ आश्विन २०८१, आइतबार

हिसान शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश


उच्च अदालत पाटन

काठमाडौं । उच्च अदालत, पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसको विरुद्धमा अदालत गएको थियो ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले आज बुधबार हिसानको पक्षमा अन्तरिम आदेश जारी गर्दै शैक्षिक मेला नरोक्न आदेश दिएको हो । अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

३२ जेठदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेका थिए । तर काठमाडौं महानगरको नगर प्रहरीले स्वीकृति विपरीत मेला सञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो ।

जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरले बन्द गरेपछि सोको विरुद्धमा हिसानले अदालतमा रिट दायर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !