११ बैशाख २०८१, मंगलबार

शिक्षामन्त्री पौडेल र प्रध्यापकबीच छलफल


शिक्षामन्त्री पौडेल र प्रध्यापकबीच छलफल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रध्यापक संघका पदाधिकारीसँग छलफल गर्न भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाईबारे शिक्षामन्त्री पौडेलले प्रध्यापक संघका पदाधिकारीबीच छलफल गरेका हुन् ।

मंगलबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरे ।

‘प्रध्यापकहरु विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्याहरु आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन छलफल र बहसबाट टुंग्याउँ ।’

खुल्ला विश्वविद्यालयको डिन नियुक्तीमा ढिलाई भएको प्रध्यापक संघका पदाधिकारीहरुसँग सुझाव मागे । ‘आस्थाका आधारमा भन्दा योग्य व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेमा छु,’ मन्त्री पौडेलले भने, ऐनले सहमति अथवा खुल्ला प्रतिस्पर्धाबाट भनेको छ, सहयोग गर्नुहोस् ।’

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !