१२ श्रावण २०८१, शनिबार

एसईई परीक्षा वैशाख ९ गतेदेखि शरु हुने


एसइई परीक्षा

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ । आज बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको समयतालिका भने भोलि बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिनेछ । सरकारले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेकोले एसईई परीक्षा निर्वाचन अघि नै हुने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !