१२ बैशाख २०८१, बुधबार

स्कुल, कलेज माघ मसान्तसम्म नखुल्ने, रोकिएका परीक्षा सञ्चालन गर्न सिफारिस


काठमाडौं । शैक्षिक संस्थाहरु विश्वविद्यालय, स्कुल, कलेज माघ मसान्तसम्म नखुल्ने भएका छन् भने रोकिएका परीक्षा सञ्चालन गर्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

सीसीएमसीसीले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको छ । आज शुक्रबार बसेको बैठकले वर्तमान समयमा कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

यसअघि माघ १५ गतेसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप सञ्चालनमा रोक लगाइएको थियो । माघ १५ गतेदेखि २० गतेसम्म बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरु भने खुल्नेछ ।

कोरोना जोखिम कायमै रहेकाले माघ मसान्तसम्म भौतिक रूपमा हुने शैक्षिक क्रियाकलापमा रोक लगाउन सीसीएमसीसीले मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो ।

जनस्वास्थ्यका विज्ञहरुले मानिसहरुबीच सम्पर्क कम गर्नुपर्ने सुझाव दिएकाले भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सीसीएमसीसीले सिफारिस गरेको हो ।

यसैगरी सीसीएसीसीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकिएका परीक्षाहरू चलाउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !