११ बैशाख २०८१, मंगलबार

दुई सिफ्टमा विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दुई सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । आज शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अंगीकार गरी विद्यालय चलाउन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको छ ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै शिक्षा मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७ को अनुशरण गर्न समेत निर्देशन दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा मन्त्री श्रेष्ठले अहिलेको विषय परिस्थितिमा सबै विद्यालय स्वाथ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताए ।

उनले स्वाथ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको उच्च जोखिम उल्लेख गरेका १४ जिल्ला र शहरमा विद्यालय बन्द गर्दा देशैभर विद्यालय बन्द गर्ने निर्णय डीसीसीएमले गर्न सक्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन मन्त्रालयले भनेको छ । यद्यपि तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन अपिल गरिएको छ ।

यसअघि कोरोना देखिए विद्यालयहरु एक साता बन्द गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले विद्यालय बन्द गर्ने अधिकार समेत स्थानीय तहलाई दिएको छ । साथै संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर र स्थान विशेषको हकमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम त्यस्ता विद्यालय बन्द वा तोकिए बमोजिम सञ्चालन गर्न आग्रह गरेको छ ।

यस्तो छ मन्त्रालयले निकालेको प्रेस विज्ञप्ति

 

यस्तो छ मन्त्रालयले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !