१८ बैशाख २०८१, मंगलबार

भोलिदेखि ४ दिनसम्म शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

काठमाडौं । वायु प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सरकारले देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बसेको बैठकले आज मंगलबारदेखि शुक्रबारसम्म देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताका कारण शिक्षण संस्था बन्द गर्नु परेको जानकारी दिए ।

बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेसँगै मानविय स्वास्थ्यमा गम्भीर असर देख्न थालिएको छ । वातावरणविज्ञहरुले अझै प्रदुषण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका छन् ।

मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ भने हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषण बढेको छ ।

भोलिदेखि ४ दिनसम्म शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !