१२ श्रावण २०८१, शनिबार

नेपाली शिक्षामा अमेरिकी सहयोग उल्लेखनीय : मन्त्री श्रेष्ठ


कृष्णगोपाल श्रेष्ठ र र्यान्डी बेरी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा विद्यालय क्षेत्र सुधार कार्यक्रम र दुर तथा प्राथमिक शिक्षाका विकासमा अमेरिकी सरकारको सहयोग उल्लेखनीय रहेको बताउनुभएको छ ।

मन्त्री श्रेष्ठले नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा दुई देशको आपसी सम्बन्ध आगामी दिनमा अझै सुमधूर हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राकृतिक विपद् या कोरोना महामारीका समयमा अमेरिकी सरकारले उपलब्ध गराएको मानवीय सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसको कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

राजदुत बेरीले अमेरिकी सरकारले बहुपक्षीय ढंगबाट सहयोग गर्ने जानकारी दिँदै नेपालप्रति अमेरिकी सरकारको नीतिमा कुनै परिवर्तन नआएको स्पष्ट गर्नुभयो ।

नेपालको प्राथमिक र दूर शिक्षामा आफ्नो सहयोग वृद्धि हुन सक्ने विश्वास पनि राजदुत बेरीले व्यक्त गर्नुभयो । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नेपालको शिक्षा अनुसन्धानमा अमेरिकाले गरेको लगानी महत्वपुर्ण रहेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !