८ बैशाख २०८१, शनिबार

मध्यविन्दु नगरपालिकामा मंसिर २ गतेसम्म विद्यालय सञ्चालन नगर्ने


मध्यविन्दु नगरपालिका

प्रिय धन, नवलपुर, १५ कार्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका विद्यालयहरू आगामी मंसिर २ गते सम्मका लागि बन्द हुने भएका छन् । आज मध्यविन्दु ७ चोरमारामा रहेको नवलपुर आवासीय माविमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक हरुको बैठक बसी स्थानीय स्तरमै कोरोनाका बिरामी देखिएका कारण विद्यार्थीहरुमा नकारात्मक असर पर्न सक्ने र मानसिक रूपमा उनीहरू पढ्न सक्षम नहुन सक्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

मध्यविन्दु नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखाको समनवयमा गत कार्तिक १ गते घटस्थापनादेखि बन्द गरिएका सम्पूर्ण सरकारी तथा निजी विद्यालयहरू आगामी मंसिर २ गते मंगलबार सम्मका लागि बन्द गर्ने निर्णय प्रधानाध्यापक हरुको भेलाले गरेको हो । यसअघि कार्तिक १६ गते आईतबार देखि विद्यालय सञ्चालन गर्ने तयारी थियो । विद्यालय खोल्ने नखोल्ने सन्दर्भमा छलफलका निमित्त गरिएको बैठकले नगरभित्रका कुनै पनि विद्यालय संचालन नगर्ने निर्णय गरेको हो ।

साथै कक्षा ११ परीक्षा भने पूर्व निर्धारित समयमा नै हुनेछ । नवलपुर आवासीय माध्यमिक विद्यालय चोरमाराका प्रिन्सिपल भिमलाल अधिकारी को अध्यक्षतामा बसेको छलफलमा मध्यविन्दु नगरपालिका निजी तथा सरकारी विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

मध्यविन्दु नगरपालिकामा मंसिर २ गतेसम्म विद्यालय सञ्चालन नगर्ने मध्यविन्दु नगरपालिकामा मंसिर २ गतेसम्म विद्यालय सञ्चालन नगर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !