११ बैशाख २०८१, मंगलबार

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री


पठनपाठन

सिमकोट, कातिक ३ । हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

वडाध्यक्ष कृष्ण बोहराले तीन वटा विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी कलम, ज्यामिती बक्सलगायत गरी रु. एक लाख पचास हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको जानकारी दिनुभयो ।

यस्तै हुम्लामा कुनै समय अन्नबालीको कुटानी गर्ने काम गर्दै आएको काठले बनाइने सामाग्री (ग्याब्री) लोप हुने अवस्थामा पुगेपछि दलित घरधुरीलाई सहयोग गरिएको छ ।

सदरमुकाम सिमकोटमा मात्रै नभएर कोदो, फापर, सिमि, उवा, जौ, गहुँ लगायतका अन्नवालीलाई कुटानी गर्न बनाइने ग्याब्री हुम्लाका अन्य गाउँपालिकामा समेत लोप हुने अवस्थामा पुगेको छ । यसको निर्माण सामग्री र स्टेशनरीका सामाग्री सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले हस्तान्तरण गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !