१२ असार २०८१, बुधबार

स्थगन भएको कोरोना बीमा पुन: सुचारु


प्रिय धन
प्रिय धन

नवलपुर, २३ जेठ । नेपालमा कोरोना बीमा पुन: सुचारु हुने भएको छ । बीमा समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सबै निर्जीवन बीमा कम्पनीलाई कोरोना सम्बन्धी पुरानै मापदण्ड अनुसार बीमा गर्न निर्देशन दिइएको हो ।

समितिले हिजो मात्रै नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निर्जीवन बीमा कम्पनीले बिमाङक रकम धान्न गार्हो हुने भन्दै आजै बाट बीमा स्थगन गर्ने छलफल गरेको मा आज पुन: बीमा गर्न निर्देशनात्मक अनुरोध गरेको हो । साथै बीमा सम्झौता आगामी चैत्र मसान्तसम्म मात्र लागू हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हाल सम्म नेपालमा ३ लाख जनाले कोरोना बीमा गरेको तथ्याङ्कमा उल्लेख छ । महामारी रोग र द्वन्द्वको हालसम्म बीमा गरिएको थिएन र यसपटक पहिलो अभ्यास गरेको पनि बीमा कम्पनीहरुले जनाएका छन् ।

 कोरोना बीमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !