६ जेष्ठ २०८१, आइतबार

व्यवसायीले यसरी छल्छन् कर, सरकारबाट लिन्छन् तर बुझाउँदैनन्


goverment tax

१७ कात्तिक, काठमाडौं । व्यावसायिक संस्थाहरुले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरुले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ ।

सोही प्रावधानबमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम लिने गरे पनि सामान बेच्दा तिर्नुपर्ने भ्याट रकम नतिर्दा कर छली हुने गरेको हो । स्रोतका अनुसार कर छली गर्न व्यवसायीहरुले दुई किसिमको ब्यालेन्ससिट तयार पार्ने गरेका छन् । जसअनुसार व्यवसायीले बैंकलाई नाफा भएको स्टेटमेन्ट बुझाउने र कल कार्यालयलाई घाटा भएको बुझाउने गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !